शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउनमा भूमिका खेल्दै जेङ यूया

केही समययता चीनका शक्तिशाली नेताहरू एकपछि अर्को गर्दै नेपाल भ्रमणमा आइरहेका छन् । हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख जिआनचाओ लीउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको दुवै देशका नेताहरूले बताएका छन् । 

यसरी नेपालमा चीनकोतर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ यूया हुन् । उनको नेपाली नाम सरला हो । यूया चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेतृ हुन् । 

विगतजस्तै यसपटक लीउको नेपाल भ्रमण गराउन उनको महत्वपूर्ण भूमिका रहेको छ । यसअघि सन २०२० मा चिनियाँ विदेश मन्त्री वाङको भ्रमण गराउन पनि उनी सफल भएकी थिइन् । वाङ भ्रमणको समन्वय मात्र होइन बेलाबेला चिनियाँ नेता र नेपाली नेताहरूबीच हुने भर्चुअल संवादको समन्वय समेत उनैले गर्ने गरेकी छन् । 


नेपाल–चीन सम्बन्धलाई बलियो र दिगो बनाउन आफू सदैव प्रयत्नशील रहने उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १५:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया