कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

पब्लिकेशन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह 'प्वाँख' बजारमा ल्याएको छ ।

कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन् । यस संग्रहमा ८७ कविताहरू संग्रहित छन् ।

पुस्तकबारे बोल्दै कवि प्राचीन भन्छन् , 'कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए । मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु । वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ पुगेर अझ अनुप्राणित हुन्छन् भन्ने कुराले खुशी छु ।'

भुटानी मूलका नेपाली-भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवी नवराज पराजुली 'सुफि-शैलीका कविता' भन्न रूचाँउछन् । 'प्वाँख' कविता संग्रह हालसालै एउटा समारोह बीच अमेरिकाको न्यू योर्कमा विमोचन गरिएको थियो ।

'प्वाँख' को मूल्य नेपाली बजारका लागि २९५ रुपियाँ रहेको छ र साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुने नेपालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १५:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया