खाद्यान्न निर्यात सम्बन्धी युक्रेन र रुस वार्तामा प्रगति
फाइल तस्वीर

युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्किीले रुससँगको पछिल्ला केही दिनमा भएको वार्तामा प्रगति भएको बताएका छन् । खासगरी स्तानबुलमा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् । 

इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रूस र युक्रेनका बीचमा केही दिनअघिदेखि वार्ता सुरु भएको थियो । सो वार्तामा टर्की र संयुक्त राष्ट्रसंघका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । 

राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार सो वार्तामा प्रगति भएको कुरा बताइएको छ । 
  
राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ता टोलीका तर्फबाट आफूलाई जानकारी भएअनुसार सो वार्तामा केही प्रगति भएको छ र यस विषयमा संयुक्त राष्ट्रसंघ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् ।
 
यस विषयमा सहमति भएपछि विश्व बजारमा युक्रेनको र युक्रेन भएर खाद्यान्न निर्यात गर्ने प्रयोजनमा युक्रेनले महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने देखिएको छ ।
 
बुधबार नै युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले टर्कीमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयमा गएर आफ्ना मागहरु राखेका थिए । 

सो भेटका क्रममा युक्रेनबाट खाद्यान्न निर्यात गर्नका लागि के गर्न सकिन्छ र यो प्रयासलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा आवश्यक छलफल गरेका थिए । 
 
रुसले युक्रेनमा हमला गरेपछिका पछिल्ला केही महिनाहरुमा युक्रेन भएर खाद्यान्न निर्यात हुन पाएको छैन । यसले गर्दा विश्वमा नै खाद्यान्नको अभाव भइरहेको देखिएको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १६:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया