श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण
फाइल तस्वीर

सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ । 

मिडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजापाक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए ।  

उनले भने, 'श्रीलंकाका राष्ट्रपति राजापाक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो । उनले राजनीतिक शरण मागेका छैनन् । र, कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।'

श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् । 

श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजापाक्षे र विक्रमसिंघे दुवैको राजीनामा मागिरहेका छन् । 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १९:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया