सभामुख सापकोटाले गरे पाँच विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले पाँच वटा विधेयक प्रमाणित गरेका छन् । 

उनले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदका दुवै सदनका बैठकबाट पारित भएका पाँच विधेयकहरु आज प्रमाणित गरेका हुन् । 

प्रमाणित विधेयकहरूले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनी रुप लिने छन् । 

प्रमाणित भएका विधेयकहरू

​१) तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, 
२) यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक,
३) फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक,
४) नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,
५) सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक । 





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १९:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया