एन्फालाई खेलाडी संघको ध्यानाकर्षण पत्र

अखिल नेपाल फुटबल खेलाडी संघले फुटबलललाई चलायमान बनाउन माग राख्दै बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा गएर नवनिर्वाचित अध्यक्ष पकंजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष विक्रम लामा, सदस्य विराज महर्जन, विकेश कुथुसहितले एन्फाका अध्यक्ष नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसिमतिलाई बधाई दिँदै फुटबलको पुनर्संचरना गर्न ५ बुँदे मागसहित नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा फुटबल पुनर्संरचनादेखि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित गर्ने खेलाडी प्रशिक्षकबीचको विवादमा छानबिन समितिले दिएको सुझाबका आधारमा प्रशिक्षकको विषयमा काम अघि बढाउन माग गरेको छ ।

खेलाडी संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी संघ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १९:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया