जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।
वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।
भट्टराई, यमी, महेन्द्र यादवलगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले जानकारी दिए ।
अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।