महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार बझाङका १२ स्थानीय तहमा ३९ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ । बझाङका १२ वटै स्थानीय तहबाट ३९ करोड ९८ हजार रुपैयाँ बेरुजु गएको हो ।
आर्थिक वर्ष २०७७–७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम बुंगल नगरपालिकामा देखिएको छ। सो नगरपालिकामा ११ करोड ८७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, जिल्लामा सबैभन्दा कम केदारस्यु गाउँपालिका ११ लाख २४ हजार रुपैंया बेरुजु देखिएको छ ।
यस्तै, सुर्मा गाउँपालिका १ करोड ६३ लाख ९५ हजार, बित्थडचिर गाउपालिका १ करोड ३३ लाख ५२ हजार, मष्टा गाउपालिका १ करोड ३६ लाख १९ हजार, दुर्गाथली गाउपालिका ४ करोड ९९ लाख ४ हजार रुपैयाँ बेरुजु देखिएको छ । उता, थलारा गाउपालिका १ करोड ४७ लाख १९ हजार रुपयैयाँ बेरुजु आएको महालेखा परिक्षकको प्रतिवेदनमा देखाइएको छ ।
छबिसपाथीभेरा १ करोड ८९ लाख ७८ हजार, तल्कोट गाउँपालिका ५ करोड २३ लाख ८ हजार, खप्तडछान्ना गाउपालिका ३ करोड ६३ लाख ६३ हजार, साइपाल गाउँपालिका २ करोड ४९ लाख ९० हजार, जयपृथ्बी नगरपालिका ७ करोड ६५ लाख ८६ हजार रुपैयाँ बेरुजु रकम देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, बैतडीका स्थानीय तहमा ४८ करोड बढी बेरुजु रकम देखिएको छ । आर्थिक वर्ष २०७७–७८ मा जिल्लाको सबैभन्दा बढी बेरुजु रकम डिलासैनी गाउँपालिकामा देखिएको हो ।
सो पालिकामा १० करोड २४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, जिल्लामा सबैभन्दा कम दोगडाकेदार गाउँपालिकामा १ करोड २२ लाख १९ हजार रुपैंया बेरुजु देखिएको छ ।
यस्तै, पुर्चौंडी नगरपालिकामा ८ करोड २९ लाख ६९ हजार बेरुजु देखिएको छ । जिल्लाको सिगास गाउँपालिकामा ७ करोड ७३ लाख ४२ हजार बेरुजु देखिएको छ भने सुर्नया गाउँपालिकामा ६ करोड ३० लाख ३० हजार बेरुजु देखिएको छ ।
यस्तै, पञ्चेश्वर गाउँपालिकामा ४ करोड ७३ लाख ३८ हजार बेरुजु देखिएको छ भने मेलौली नगरपालिकामा ३ करोड ६५ लाख ३८ हजार बेरुजु देखिएको छ । यसैगरी, जिल्लाको दशरथचन्द नगरपालिकामा २ करोड २९ लाख ३६ हजार, शिवनाथ गाउँपालिकामा २ करोड ४ लाख ३१ हजार र पाटन नगरपालिकामा १ करोड ७१ लाख ८७ हजार बेरुजु देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।