कांग्रेस बैठक : सकेसम्म गठबन्धन नतोड्ने, तोडिए 'प्लान बी'मा जाने

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठक सदस्यहरूले गठबन्धनको विकल्पमा पनि सोच्नुपर्ने बताएका हुन् । 

बैठकपछि सञ्‍चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले केन्द्रीय सदस्यले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रूपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताए । 

सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ पदाधिकारीले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । बैठकमा आगामी दिनमा कांग्रेसले समात्ने बाटोबारे पनि केन्द्रीय सदस्यले कुरा राखेको थिए ।

‘सरकारसँग सम्बन्धित प्रश्नहरु पनि उठेका छन् । हामी पदाधिकारीले दिनसक्ने जवाफ हामीले दिन्छौँ, सरकारको तर्फबाट दिनुपर्ने जवाफ पार्टीका मन्त्री र प्रधानमन्त्रीले दिनुहुन्छ,' उनले भने, 'गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुराहरु गर्नुभएको छ । गठबन्धन तोड्नुहुँदैन तोडिए प्लान बीमा पनि जानुपर्ने कुरा छ।’

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने विषयमा पनि छलफल भएको बताए ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार २०:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया