जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गरी सो जिम्मेवारीमा अशोक राईलाई चयन गरेको छ।
वीरगन्जमा जारी जसपा केन्द्रीय कमिटी बैठकले अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई कारबाही गरेको छ। बैठकले संघीय परिषद अध्यक्ष रहेका बाबुराम भट्टराईलाई पदमुक्त गरेर राईलाई चयन गरेको हो।
भट्टराईले मंगलबार र बुधबार दुई दिन काठमाडौंमा छुट्टै भेला बोलाएका थिए। सो भेलामा सक्रिय रहेका नेताहरुलाई जसपाले पदमुक्त गरेको हो ।
पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।