प्रतिनिधिसभा निर्वाचनमा न्यून सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गरेका छन् । 

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उनले स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचन फरक रहेकोले दुरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताएका हुन् ।

अधिकांश कांग्रेसी गठबन्धनको पक्षमा नरहेको दाबी गर्दै कोइरालाले भने, ‘मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर, गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।’

उनले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर कांग्रेसले अगाडि बढ्नुपर्नै पनि बताए । कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने पनि उनले बताए । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ६:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया