महिला युरोकपअन्तर्गत गएरातिको खेलमा फ्रान्स विजयी भएको छ । उसले समूह ‘डी’ को खेलमा बेल्जियममाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।
योसँगै फ्रान्सले एक खेल अगावै क्वाटर्रफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । न्यूयोर्क स्टेडियममा खेलको छैटौं मिनेटमा काडिडीयातौ डियानीको गोलमार्फत फ्रान्सले अग्रता लियो । ३६ औं मिनेटमा जेनिस केम्यानले बेल्जियमलाई १–१ को बराबरीमा ल्याइन् ।
४१ औं मिनेटमा ग्रिज एम्बोक बेथीले गरेको गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । ८९ औं मिनेटमा एम्बर टिसीयाकले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि बेल्जियम १० खेलाडीमा समेटिएको थियो ।
९० औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई फ्रान्सकी वेन्डी रेनार्डले गोलमा परिणत गर्न सकिनन् । यो जितसँगै शीर्ष स्थानमा फ्रान्सले दुई खेलमा ६ अंक जोड्दा पराजित बेल्जियम समान खेलबाट एक अंकका साथ तेस्रो स्थानमा छ ।
यहि समूहको अर्को खेलमा इटाली आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।