इटलीका प्रधानमन्त्रीले दिए राजीनामा

इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन् । गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि उनले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका हुन् ।

राजीनामासँगैको एउटा विज्ञप्तिमा ड्रघीले गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन् । तर, राष्ट्रपतिले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् ।   

युरोपेली सेन्ट्रल बैंकका पूर्व प्रमुखसमेत रहेका ड्रघी २०२१ को फेब्रुअरीमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति सर्जियो मटेरेलाले ड्रघीलाई कोभिडले आक्रान्त बनेको इटलीलाई माथि उठाउन र शान्ति सुव्यवस्था कायम गर्न भन्दै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।   





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १०:१२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया