आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

नेपाल प्रहरीको आईजिपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी बहस हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । 

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ । 

आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानूनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएको थियो । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १०:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया