बाजुरा साक्षर जिल्ला घोषणा

बाजुरा जिल्लालाई ६० औँ साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको कुल जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै बाजुरालाई बिहीबार साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लामा रहेका ९५ प्रतिशत नागरिक लेख्न पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । 

जिल्ला शिक्षा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहले भने, ‘जिल्लाका ९५ प्रतिशत नागरिक साक्षर भएका छन् । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनसङ्ख्या साधारण लेखपढ गर्न सक्ने भए सँगै बाजुरा जिल्ला ७७ वटै जिल्ला मध्ये ६० औँ जिल्लाको रूपमा घोषणा गरिएको हो,’ उनले भने ‘लेख्न, पढ्न, चिठी लेख्न, मोबाइल र क्यालकुलेटर चलाउने लगायतका मापदण्डका आधारमा व्यक्तिलाई साक्षर मानिएको छ । सोही मापदण्ड अनुसार जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्याङ्क रहेको जिल्ला शिक्षा समन्वय इकाई बाजुरासँग रहेको छ ।’

समग्र बाजुराका निरक्षर लाई साक्षर बाउन प्रत्येक पालिकाका प्रमुख र उपप्रमुखले एकताबद्ध रूपमा लाग्नु पर्ने सांसद लाल बहादुर थापाले बताए ।  साथै थापाले नयाँ जनप्रतिनिधिलाई कार्यकालको शुभकामनासहित बाँकी साक्षर प्रतिशत पुरा गर्नसमेत सुझाव दिएका छन् । बाजुरा जिल्लाका नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको भन्दै थापाले खुसी पनि व्यक्त गरे । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ११:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया