काठमाडौंको शंखमुलमा ‘राइझुमा’ लाउन्ज

काठमाडौंको शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो। राइझुमा लाउन्जको उद्घाटन देउडा गायक यज्ञराज उपाध्यायले गरेका छन् । राइझुमा बोलको चर्चित देउडा गीत उनै उपाध्यायले गाएका हुन् । 

‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय छ। त्यसैले हामीले लञ्चको नाम राइझुमा राखेका हौं,’ राइझुमा लाउञ्जका सञ्चालक केशव चन्दले भने, ‘झनै यसको उद्घाटन राइझुमाकै स्रष्टाबाट गराउन पाउँदा हामी निकै खुसी छौँ।’

उनले लाउन्जमा सातामा एक पटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका साङ्गीतिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताए । खानामा पनि अर्ग्यानिकतामा जोड दिने चन्दको भनाइ छ। 

प्राज्ञ उपाध्यायले ०४१ सालमा सार्वजनिक भएको आफ्नो चर्चित गीतका नामबाट लाउन्ज सञ्चालन गरेकोमा खुसी व्यक्त गरे। उनले गीतझैँ लाउन्जले पनि सबैको मन जित्दै जाओस् भन्दै शुभकामनासमेत दिए ।

चैतन्य एकेडेमीका सिइओ गणेश जोशीले राइझुमा लाउन्जको सफलताको शुभकामना दिएका थिए। उनले राइझुमाले नाम जस्तै अर्ग्यानिक सेवा पस्किने कुरामा ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा चर्चित लोक देउडा गायिका गौरी भट्ट, पर्यटन व्यवसायी अमरबहादुर शाही, शिक्षा सेवी उदय प्रताप सिंहलगायतको सहभागिता थियो। 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १२:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया