सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीले भने - गभर्नरले राजीनामा दिनुपर्छ
फाइल तस्वीर

सत्तारूढ गठबन्धनको बैठकले विवादमा परेका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार बसेको बैठकमा विवादित छवि बनाएका कारण गभर्नर अधिकारले राजीनामा दिनुपर्ने विषय उठेको हो ।

एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नाम भेटिएपछि गभर्नर अधिकारी विवादमा तानिएका हुन् । विवादित पात्र गभर्नरमा रहन नहुने धारणा बैठकमा नेताहरूले राखेका बैठकमा सहभागी एक नेताले बताए । 

बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले गभर्नरको विषय उठाएका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने धारणा राखेका थिए । 

'उहाँ (गभर्नर अधिकारी)को विषयमा नारायणकाजीले विषय उठाउनुभयो । जवाफमा प्रधानमन्त्रीले नैतिक रूपमा पनि राजीनामा दिनुपर्छ, राजीनामा दिनुबाहेक के विकल्प हुन्छ र भन्नु भयो ?’ उनले भने ।

गभर्नर अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी एम अधिकारी को हो भनेर सोधेपछि झन शंका उत्पन्न भएको नेताहरूको भनाइ थियो । 

बिहीबार अधिकारीले आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी सोधेका थिए । यम अधिकारी पत्ता नलागे पनि नेकपा एमालेले राष्ट बैंकका गभर्नर अधिकारी पार्टीको विभागमा नरहेको दाबी गरेको छ । 



पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।



  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १४:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया