जब बर्गर खान लाइनमा उभिए बिल गेट्स

एजेन्सी– विश्वका धनी व्यक्तिको सूचीको पहिलो वा दोस्रो नम्बरमा केही वर्षयता बिल गेट्सको नाम आइरहेको छ । उनी विश्वकै धनी त हुन् तर उनी पनि आफूलाई मन पर्ने बर्गर खान लाइनमै बस्छन् । अहिले गेट्स लाइनमा बसेर आफ्नो पालो कुरिरहेको एउटा फोटो भाइरल भइरहेको छ ।

अमेरिकाको सियटल राज्यमा डिक्स ड्राइभ इनमा गत शुक्रबार लाइनमा बसेर आफ्नो पालो पर्खिएका हुन् । झन्डै सय बिलियन अमेरिकी डलर सम्पत्ति भएका बिल गेट्सले यो पालो कुरेको चाहिँ ७ अमेरिकी डलर पर्ने खानाका लागि हो । 

गेट्स यसरी लाइनमा बसिरहेको फोटो फेसबुकमा माइक्रोसफ्टकै एक कर्मचारीले गत मंगलबार राखेका हुन् ।
 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार २३:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया