दृष्टिविहीन गायिका श्रृष्टि केसीको अनोदर वर्ल्ड सार्वजनिक

गायिका दृष्टिविहीन गायिका श्रृष्टि केसी र गिथिया वर्मनको स्वरमा रहेको अंग्रेजी गीत अनोदर वर्ल्ड सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो । 

गीतमा श्रृष्टी केसी, सुदेव, सदिक ज्याकी लगायतका कलाकारको अभिनय छ । शब्द, संगीतसहित गीतको निर्देशन गायक स्वयंले गरेका छन् भने छायांकन एप्पोस एन्टोनीले गरेका हुन् । 

कार्यक्रममा बोल्दै महानायक राजेश हमालले समाजले प्रस्तुत गरेको कुराको उपयोग गर्ने अधिकार दृष्टिबिहीनसहित सबै नागरिकलाई हुने बताए । यसलाई सबैमाझ पुर्‍याउन सबै नागरिकले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । 

त्यस्तै वरिष्ठ कलाकार मिथिला शर्माले गीतको भाव शब्दले नभइ अन्तरआत्माले बुझ्नुपर्ने बताइन् । त्यस्तै, नायिका सुरक्षा पन्तले सोचाइलाई चुस्त बनाएर अघि बढ्न आवश्यक रहेको बताइन् ।

यो गीत अंग्रेजीमा भाषा र नेपाली सब्टाइटल्समा युट्युबमा रहेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित गायिका अञ्जु पन्त लगायतको पनि उपस्थिति थियो । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १९:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया