जिम्बावे र नेदरल्यान्ड्स आइसिसी टी-२० विश्वकप २०२२ का लागि छनोट भएका छन् । जिम्बावेमा जारी विश्वकपको ग्लोबल छनोट बी को फाइनल पुग्दै जिम्बावे र नेदरल्यान्ड्स विश्वकपमा छनोट भएका हुन् ।
घरेलु टोली जिम्बावेले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पपुवा न्यु गिनी (पिएनजी) लाई २७ रन तथा दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हराए ।
नेदरल्यान्ड्स र जिम्बावे विश्वकपमा छनोट भएसँग टी-२० विश्वकपमा सहभागी हुने १६ वटै टोलीको टुंगो लागेको छ। टी-२० विश्वकप १६ अक्टोबर देखि १३ नोभेम्बरसम्म अस्ट्रेलियाका ६ सहरमा हुनेछ।
यी हुन् टी-२० विश्वकपमा स्थान बनाउने १६ राष्ट्र
सुपर-१२
अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान
पहिलो चरण
वेस्ट इण्डिज, श्रीलंका, आयरल्याण्ड, जिम्बावे, युएई, नेदरल्याण्ड्स, नामिबिया र स्कटल्याण्ड
पहिलो चरणबाट चार टोलीले सुपर-१२ मा स्थान बनाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।