सामूहिक बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका जवानसहित चार जना पक्राउ

कञ्चनपुरमा सामूहिक बलात्कार आरोपमा चार जना युवक पक्राउ परेका छन् । शुक्रबार जिल्लाको पुनर्वासमा सशस्त्र प्रहरी जवानसहित ४ युवकलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यम प्रसाद जैसी रहेका छन् ।

उनीहरूले यहीँ असार २३ गते राति एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । सुशील विष्टले ती युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर उखुबारीमा बोलाएका थिए । त्यसपछि उनका अन्य साथीहरू पनि आएर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन् ।

सुशील र ती युवतीको प्रेम सम्बन्ध पनि रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार ७:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया