महिन्दा राजापाक्षेलाई देश छाड्न रोक

श्रीलंकामा राजापाक्षेको राजनीतिक परिवारलाई एकपछि अर्को झट्का लागेको छ । श्रीलंकाको राष्ट्रपतिबाट गोटाबाया राजापाक्षेले राजीनामाको औपचारिक घोषणा गरेपछि सर्वोच्च अदालतले उनका दुई भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई देश छाड्न रोक लगाएको छ ।
 
गोटाबाय राजापाक्षे भने यसै साताको सुरुमा देश छाडेर माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । महिन्दा राजापाक्षेले दुई महिनाअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका भाइ तथा निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेको कार्यालय बाहिर प्रदर्शन  गरिरहेका केही व्यक्तिमाथि आफ्ना समर्थकहरूले आक्रमण गरेपछि महिन्दाले राजीनामा दिएका थिए ।
 
महिन्दाको राजीनामापछि गोटाबाय राजापाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए ।
 
तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले र त्यसको भोलिपल्ट सिंगापुर भागेका थिए । उनी सेनाको विमानमा माले पुगेका थिए ।
 
श्रीलंका टाट पल्टिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव छ ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १०:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया