मकवानपुरका पत्रकार प्रताप विष्टले लेखेको पुस्तक ‘छेलिएका अनुहार’ पुस्तक हेटौंडामा विमोचन गरिएको छ ।
एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौँडा उपमहानगरका मेयर मीनाकुमारी लामा, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, वरिष्ठ साहित्यकार तुल्सी थापाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
अल्पसंख्यक चेपाङ, वनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति हो । पुस्तक सांग्रिला पब्लिकेसनले प्रकाशन गरेको छ ।
०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आबद्ध भएका विष्टले ०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । यस्तै, ०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको उपमा समेत दिने गरिएको छ ।
पुस्तकमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठ, चितवनका साहित्यकार एवं प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झालगायतले चर्चा गरेका थिए ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, सांग्रिला पब्लिकेसनका मणि शर्मा, मकवानपुरका हास्यव्यंग्यकार आरसी रिजाल, जनप्रतिनिधिलगायत शिवभिन्न साहित्य, कानुन, शैक्षिक, पत्रकारिता, स्वास्थ्य तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।