करारका कर्मचारी हटाउने दशरथचन्द नगरपालिकाको निर्णय

बैतडीको दशरथचन्द नगरपालिकाले करारका कर्मचारी र शिक्षकलाई हटाउने भएको छ । 

यही असार ३० गते बसेको नगरकार्यपालिकाको बैठकले नगरभित्रका विद्यालयमा नगर अनुदानमा कार्यरत शिक्षक, खेलकुद प्रशिक्षक, लाइब्रेरियन र कम्प्युटर शिक्षकको साउन १ गतेदेखि करार अवधि नथप्ने निर्णय गरेको छ । यस्तै दरबन्दी शुन्य अथवा अपुग भएका विद्यालयमा नगरप्रमुखस्तरीय निर्णयबाट पदपूर्ति गर्ने बताइएको छ । 

यस्तै, परामर्श सेवाबाट ०७४ साल पछि प्रक्रिया पूरा नगरी नियुक्त गरिएका प्राविधिक कर्मचारी, अप्राविधिक कर्मचारी र सामाजिक परिचालकहरुलाई समेत हटाउने निर्णय भएको छ ।

यस्तै, दशरथचन्द नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा जनशक्ति व्यवस्थापनका लागि अन्तर स्वास्थ्य संस्थाभित्र सरुवा गर्ने निर्णयसमेत भएको नगरपालिकाले जनाएको छ । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरु केही विद्यालयमा कार्यविधिअनुसार नियुक्त नगरिएकाले कार्यविधिअनुसार कार्यान्वयन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

यता, बझाङको बित्थडचिर गाउँपालिकाले पनि करारमा रहेका कर्मचारीलाई साउन महिनादेखि कार्यालयमा हाजिरी नलगाउन निर्देशन दिएको छ ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १८:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया