नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूले पार्टीलाई बलियो बनाउन कस्सिएर लाग्दा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको आरोप लगाएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले सभापतिले आफूहरूसँग सामान्य सरसल्लाहसमेत नगरी निर्णय गरेको बताएका हुन् ।
पार्टी सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न नसकेको तर दोष आफूहरूमाथि लगाएको भन्दै उनले असन्तुष्टि पोखेका थिए । आफूहरूलाई अझै पनि पाखा लगाउने र घेराबन्दी गरिए चुप लागेर नबस्ने उनको भनाइ छ ।
'अझै पनि भित्तामा पुर्याउने, घेराबन्दी गर्ने हो भने ख्याल गर्नुहोस्, महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ, त्यतिकै बस्दैनौँ' उनले भने ।
उनले आफूहरूले सल्लाह र परामर्श दिँदादिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न नसकेको बताए । उनले शेखर कोइरालाको भेलाबारे उठेको प्रश्नको पनि जवाफ दिएका थिए । उनले पहिलेदेखि नै जाने अभ्यास रहेकाले गएको भन्दै विवाद गर्नुपर्ने कुनै कारण नभएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।