क्रियाशील सदस्यमाझ चुनाव गरेर उम्मेदवार छनोट गरौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्ट’ गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा बोल्दै महामन्त्री शर्माले संघ र प्रदेशका उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ चुनाव गर्न प्रस्ताव गरेका हुन् । 

यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरुभन्दा एक कदम अघि हुने र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउने शर्माको दाबी छ । 

उनले १६५ मध्ये १५ र ३३० मध्ये ३० क्षेत्रमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्न प्रस्ताव गरेका हुन् ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २०:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया