प्रचण्डलाई गिरिजाबाबुले दिल्लीबाट ल्याए, माधव नेपाल पार्टी फुटाएर आए उनीहरुलाई अलपत्र पार्न सकिन्न : देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावसम्म कायमै राखिने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफ्नो एक मात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउने रहेको बताएका थिए । 

प्रचण्डलाई गिरिजाबाबुले दिल्लीबाट लिएर आएको र माधव नेपालल पनि पार्टी फुटाएर आएकाले उनीहरुलाई चटक्कै छाडेर अलपत्र पार्न नसकिने देउवाको भनाइ थियो । 

सबैलाई लिएर गठबन्धन अगाडि बढ्ने बताउँदै उनले पार्टीमा पनि सबैलाई मिलाएर लैजाने बताएका थिए । आफूले कसैलाई काखापाखा नगर्ने बताउँदै उनले साउन ३ गते बस्ने बैठकले महत्वपूर्ण निर्णय लिने बताएका थिए । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २०:४६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया