प्रचण्ड–आरजू दिल्ली वार्ताबारेको टिप्पणी ‘अराजनीतिक र अनर्गल’ : प्रचण्डको सचिवालय

दिल्लीमा भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीपत्नी आरजू राणबीच भएको भेटबारे प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ । नेपालका दुई नेताबीचको भेटवार्तालाई लिएर नेपाली राजनीतिकवृत्तमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । 

सो भेटवार्ता विवादमा तानिएपछि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको हो । प्रचण्डको सचिवालयले एक प्रेस नोट जारी गर्दै ‘अराजनीतिक र अनर्गल’ टिप्पणी भएको दाबी गरेको छ । 

प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ छैन । राष्ट्रिय स्वार्थप्रति प्रतिबद्ध रही छिमेकीसँग टेबुलमा बसेको एक राष्ट्रनायकप्रतिका टिप्पणीहरु नै राष्ट्रहितका विपरीत हुन्छन् भन्ने चेतना सम्बन्धित पक्षलाई हुन जरुरी छ ।’  

शनिबार बिहान राणा र प्रचण्डबीच भेटवार्ता भएको थियो । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा उनीहरुबीच् सामूहिक भेट भएको सचिवालयले जनाएको छ । 

दूतावासका कर्मचारीसहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी रहेको सो भेटमा प्रचण्डले आरजूको स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयको दाबी छ । 





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार २२:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया