आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

काठमाडौं महानगरमा आजदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने भएको हो । 

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ ।  नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ । यस्तै ,प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ । 

फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण  विभागको भनाइ छ ।  





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ६:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया