चर्को मूल्यवृद्धिसँगै हिंसाले हाइटीको राजधानी अस्तव्यस्त

गिरोहको क्रूर  हिंसा, इन्धन अभाव र खाद्यवस्तुको बढ्दो मूल्य वृद्धिले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्स ठप्प बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार हिंसामा करिब २३४ जनाले ज्यान गुमाएका छन् भने यौन हिंसाका नयाँ रिपोर्ट सार्वजनिक भएका छन् ।

उपमेयर जीन हिस्लेन फ्रेडरिकका अनुसार बिहीबार सहरको सिट सोलिल छेउछाउमा दुई प्रतिद्वन्द्वी समूहबीचको रक्तपातपूर्ण लडाइँसँगै हिंसा भड्किएको थियो । उक्त हिंसा चाँडै चारैतिर फैलिएको थियो । डक्टर्स विदआउट बोडर्सका अनुसार हजारौं मानिस पिउने पानी, खाना र चिकित्सकीय सेवाबाट बञ्चित छन् । नागरिकहरूलाई बचाउन सहायता संगठनले सशस्त्र समूहहरूसँग अनुरोध गरेको छ ।

सहायता संगठनले गिरोहलाई ब्रुकलिन नजिक पुग्न अनुमति दिन पनि अनुरोध गरिरहेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले भने, ‘अधिकांश पीडितहरू प्रत्यक्ष रूपमा गिरोहमा संलग्न थिएनन् र उनीहरूलाई गिरोहले प्रत्यक्ष रूपमा लक्षित गरेको थियो । हामीले यौन हिंसाको नयाँ रिपोर्ट पनि प्राप्त गरेका छौँ । ’ 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ९:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया