रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २६ यौन दुर्व्यवहारका घटना

रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ०७७/०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसो को अहिले पनि कारण खुल्न सकेको छैन ।

गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा  फैसला हुन बाँकी रहेको छ । 

रामेछापका ८ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भएको पाइएको छ । 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ९:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया