बर्नार्डेची एमएलएस क्लब टोरन्टोमा अनुबन्ध

इटालियन विंगर फेडेरिको बर्नार्डेची अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब टोरन्टो एफसीमा अनुबन्धित भएका छन् । टोरन्टोले बर्नार्डेचीलाई इटालियन क्लब युभेन्ट्सबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । उनी र क्लबबीच चार वर्षको सम्झौता भएको हो । 

युभेन्ट्सका लागि १८३ खेलमा १२ गोल गरेका उनले इटालियन क्लबका लागि ६ उपाधि जिते । बर्नार्डेची सन् २०१७ मा अर्को इटालियन क्लब फियोरिन्टीनाबाट एलियन्ज स्टेडियम भित्रिएका थिए । उनले इटालीका लागि ३९ खेलमा ६ गोल गरेका छन् । 
 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १०:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया