जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो ।
ती महिलाले गत बुधबार इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन् । जबरजस्तीकरणी गरेको भन्दै पीडित महिलाले दिएको जाहेरीका आधारमा नेगीलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
पीडितले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ । ‘आज अदालतबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ,’ प्रहरी निरीक्षक जोशीले भने ।
कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो ।
यो पनि– मजदुर महिलामाथि जबर्जस्तीकरणी गरेको आरोप लागेका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।