चालु आवको पहिलो कारोबार : नेप्सेमा झिनो अंकको वृद्धि
फाइल तस्वीर

चालु आर्थिक वर्ष तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचक केही दिनदेखि निरन्तर रुपमा वृद्धि हुँदै गएको छ । त्यसैको निरन्तरता स्वरुप आइतबार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । 

आइतबार नेप्से परिसूचक १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०९ अंकले घटेको छ । 

आइतबार कारोबारमा आएका २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने घटेको छ । 

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंक उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ । तर यता, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से सामान्य अंकले बढेसँगै राधी विद्युत कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशत बढेको छ भने प्रभु बैंक, नयाँ सारथी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । 



यता, सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ । अपर तामाकोशी हाइड्रोपावरको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 



  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १६:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया