शैक्षिक शुल्कवृद्धि फिर्ता लिन विप्लवनिकट विद्यार्थी संगठनको २४ घण्टे अल्टिमेटम

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्य विद्या निकेतनले एकैपटक ३० प्रतिशत शुल्क बढाएको बढाएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थीले संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले विरोध जनाएको छ । महँगी बढेको भन्दै सो विद्यालय प्रशासनले १ साउनदेखि लागू हुनेगरी विद्यार्थीसँग लिइरहेको शुल्कमा ३० प्रतिशत वृद्धि गरेको थियो । उक्त शुल्क २४ घण्टाभित्र फिर्ता लिन सो विद्यार्थी संगठनले अल्टिमेटम दिएको हो ।

‘अभिभावक र विद्यार्थीहरूमा चरम महँगीले पारेको आर्थिक समस्याको बावजुद विद्यालय प्रशासनले विद्यार्थीहरूको शैक्षिक व्यवस्थापनलाई देखाएर विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने गरि एकैचोटि ३० शुल्क वृद्धि गरेकोप्रति हाम्रो संगठनका गम्भीर ध्यानाकर्षण भएको छ । उक्त शुल्क वृद्धिको घोर भर्त्सना गर्दै मनोमानी र एकलौटी ढंगले गरिएको शुल्कवृद्धिको निर्णय २४ घण्टाभित्र फिर्ता लिई यथावत रहेको शुल्कलाई निरन्तरता दिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

उक्त मागलाई बेवास्ता गरिए चरणबद्ध रूपमा आन्दोलनमा जाने अनेरास्ववियु (क्रान्तिकारी) ले विज्ञप्तिमा उल्लेख गरेको छ ।





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १६:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया