अमेरिकी तल्लो सदनबाट गर्भपतनको पहुँच सुरक्षा गर्नेसम्बन्धी विधेयक पारित
फाइल तस्वीर

अमेरिकी तल्लाे सदन हाउस अफ रिप्रिजेन्टेटिभले गर्भपतनमा पहुँचको सुरक्षा गर्ने उद्देश्यले दुइटा विधेयक पारित गरेको छ । केही साताअघि
सर्वोच्च अदालतले राज्यहरूले गर्भपतन प्रक्रियालाई प्रतिबन्ध लगाउन सक्ने फैसला गरेपछि चौतर्फी विरोध भइरहेका बेला अमेरिकी विधेयक पारित भएका हुन् ।
 
डेमोक्र्याटिकको बर्चश्व रहेको तल्लो सदनले पारित गरेको विधेयक माथिल्लो सदन सिनेटबाट अनुमोदन हुन् भने जटिल छ । विधेयक अनुमोदन गर्न सिनेटमा १० रिपब्लिकन भोट आवश्यक पर्दछ ।
 
‘केवल तीन साताघि सर्वोच्च अदालतले रो भी वेडलाई उल्टाएर मौलिक अधिकारमा खलल पुर्‍यायो’, गर्भपतनमा कानुनी पहुँच राख्ने ऐतिहासिक मुद्दालाई उल्लेख गर्दै तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले भनिन् ‘महिलाको प्रजनन स्वतन्त्रताको रक्षा गर्न हामी थप कदम चाल्नेछौं ।’
 
दुईमध्ये पहिलो विधेयक ‘महिलाको स्वास्थ्य संरक्षण ऐन’ सँग सम्बन्धित छ ।  यसले अमेरिकामा गर्भपतनलाई वैधता दिन्छ । सदनले गत वर्ष पनि यस्तै विधेयक पारित गरेको थियो तर सिनेटमा त्यो अनुमोदन हुन सकेको थिएन् ।

पारित भएको अर्को विधेयकले महिलालाई अर्को राज्यमा गएर गर्भपतन गराउने अधिकारलाई कानुनी रुपमा सुरक्षा प्रदान गर्नेछ ।
 





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १६:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया