विश्वविद्यालयमा तालाबन्दी सधैँका लागि अन्त्य गरौँ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गनुपर्ने बताएका छन् । 

आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी सधैँका लागि अन्त्य गरिनुपर्ने बताएका हुन् । 

‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ', उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवं विश्वविद्यालयको उन्नयन र विकासमा असर पर्छ, वार्तामार्फत समाधान खोजौँ ।’

उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताए । 
उनले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत बताए ।

उच्च शिक्षाको नाममा विदेशी गएका विद्यार्थीमध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके त्यसलाई कम सकिने औंल्याए । 

उनले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकासमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गनुपर्नेमा उनले जोड दिए । 



उनले शिक्षक तथा प्राध्यापकहरूले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधारालाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यमान अवस्था रहेको बताए । 

दुई वटा विश्वविद्यालयको ऐन संसदमा रहेको बताउँदै भएका विश्वविद्यालयले शिक्षण सिकाई र पाठ्यक्रम बनाउन मिहिनेत गनुपर्ने समय आएको बताए ।



  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार १८:३४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया