इटालीमा थपिए ९० हजार कोभिड–१९ संक्रमित

इटालीमा थप ९० हजार जना कोभिड–१९ संक्रमित थपिएका छन् । जनवरी २०२० देखि इटालीमा कुल दुई करोड आठ लाखजना कोरोना संक्रमित भएक छन् । 

दुई करोडभन्दा बढी कोभिड संक्रमित भएको आधिकारिक पुष्टि हुने मुलुकको सूचीमा इटाली सातौँ स्थानमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

अहिलेसम्म पहिलोमा नम्बरमा संयुक्त राज्य अमेरिका छ । जहाँ नौ करोडजना कोभिड–१९ संक्रमित भएका छन् । त्यसपछि क्रमशः भारत, ब्राजिल, फ्रान्स, जर्मनी र बेलायत बढी संक्रमित भएका मुलुक हुन् । 

विश्वका सबै मुलुकले पुष्टि गरेको संख्याको तुलनामा वास्तविक संक्रमितको संख्या अत्यधिक धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार २०:४३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया