सावित्राले पुनः केरेलाबाट भारतीय लिग खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छन् । नेपालका लागि सर्वाधिक गोल गर्ने उनलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । 

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यसपटक एएफसी च्याम्पियनसिप भारतीय आइलिग खेल्ने छिन् ।

सन् २०२० सिजन सावित्राले गोकुलमबाट लिग उपाधि जितेकी थिइन् । त्यसअघि उनी र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधि जितेको थियो ।  





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार ७:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया