मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा

मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए ।   

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत २ हजार ७ सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । 

गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो । हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।

विद्युत् आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो ।

बाढीले क्षति पुर्‍याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम ०७९ वैशाखभित्रै सम्पन्न भएको केन्द्रका प्रमुख सुवेदीले बताए । 

अहिले चामे क्षेत्रका करिब ९० घरधुरी बिजुलीबाट लाभान्वित भएका छन् । यो सबस्टेसनबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।



मनाङमा ०७७ फागुनमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको थियो ।



  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार ७:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया