नेपाली राष्ट्रिय यु–२० फुटबल टोली घोषणा

भारतमा हुने साफ यु–२० का लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाली यु–२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० मध्ये २३ खेलाडीलाई समेट्दै अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघले (एन्फा) ले जनाएको हो । 

२५ जुलाई देखि ५ अगस्टसम्म ओडिसामा हुने साफ यु–२० च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ ।  नेपालले आफ्नो पहिलो २५ जुलाईमा माल्दिभ्स विरुद्धको खेलबाट साफ यू–२० च्याम्पियनसिपको सुरुवात गर्नेछ ।  

त्यसपछि नेपालले २७ जुलाई २७ मा श्रीलंका र ३१ जुलाईमा घरेलु टोली भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । 

नेपाली यु–२० राष्ट्रिय टोली 

गोलकिपरः  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेन्डरः  अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः  आयुष घलान, कृतिश रत्न छिन्जु, मनग्य नकर्मी, दिपेश गुरुङ, आशिष राई, जन्मजय धामी, मोहित गुरुङ, सुगम सुवाल, सन्दीप कार्की
फरवार्डः  दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी  





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १२:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया