प्रधानमन्त्री शेरबहादुर देउवाले सबै किसिमका कमैया श्रमिक परिवारहरूको मुक्तिका लागि बनेको कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न निर्देशन दिएका छन् ।
काठमाडौंमा आयोजित कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा उनले कमैया श्रम सम्बन्धी ऐन २०५८ को पूर्ण कार्यान्वयन गर्न, गराउन सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र मातहातका निकायलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले हरवाचरवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम सञ्चालन गरिने बताए ।
उनले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलियाको सम्मानपूर्व जीवन बाँच्न पाउने हकलाई कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय सरकारलाई समेत आग्रह गरे ।
कार्यक्रममा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अहिलेसम्म २७ हजार २१ मुक्त कमैया घर परिवारलाई जमिन र घर उपलब्ध गराइएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।