एएफसी एसियन कप–२०२३ आयोजना गर्नका लागि चार देशले दाबी पेस गरेका छन् । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार एसियन कप आयोजनाका लागि चार देशको दाबी परेको जनाएको हो ।
एएफसीका अनुसार प्रतियोगिता आयोजनाका लागि अस्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेस गरेका हुन् ।
कोरोना महामारीको कारण देखाएर चाइनिज फुटबल एसोसियसनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको थियो ।
एएफसीले दाबी पेस गर्ने चार देशको मूल्यांकन गरेर आयोजक राष्ट्रको घोषणा गरिने जनाएको छ । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।