सरकारको असक्षमताका कारण जनतामा निराशा बढ्यो : खिमलाल भट्टराई

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोपसमेत लगाए । 

‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टि आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ भट्टराईले भने । 

धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । ‘जनताको आक्रोश नबढोस्, चिन्ताको विषय यो हो,’ भट्टराईले भने । 

सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए ।  





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १३:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया