थप चार सय ५७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा साढे चार सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार ६ सय ५१ जनाको कोभिड परीक्षण गर्दा चार सय ५७ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार २३ सय ४१ को पिसीआर र २३ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पिसीआर परीक्षणबाट तीन सय ८६ र एन्टिजेन परीक्षणबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच कोभिड संक्रमणका कारण एक जनाको ज्यान पनि गएको छ । हाल नेपालमा १७ सय ७६ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १६:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया