रियल सोसिडाडमा अनुबन्ध भए जापानी ‘मेस्सी’

स्पेनिस क्लब रियल सोसिडाडले जापानी युवास्टार ताकेफुसा कुबोलाई अनुबन्ध गरेको छ । सोसिडाडले जापानी ‘मेस्सी’ को नामले परिचित कुबोलाई अर्को स्पेनिस क्लब रियल मड्रिडबाट ६‍५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

२१ वर्षीय युवा विंगरले सोसिडाडसँग ५ वर्षको सम्झौता गरेका छन् । स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट २०१९ मा रियल आएका थिए । तर, उनले क्लबका लागि डेब्यु गर्न भने पाएनन् । 

सान्टियागो बर्नाबेउ आएपछि उनले लोनमा अन्य क्लबका लागि खेलिरहेका थिए । गत सिजन मालोर्काबाट लोनमा खेलेका उनले २८ ला लिगा खेलमा एक गोल गरे ।

त्यसअघि कुबोले गेटाफे, भिल्लारियल र मालोर्काबाटै लोनमा खेलेका थिए । उनले जापानको लागि १८ खेलमा एक गोल गरेका छन्  ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ८:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया