स्पेनको नाइट क्लबमा गोली चल्यो, पाँच जना घाइते

दक्षिणी स्पेनको मारबेलामा रहेको ओपियम नाइट क्लबमा सोमबार बिहान गोली र चक्कु हानाहानमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

पीडितमध्ये दुई जना सघन उपचारमा रहेको स्थानीय आपत्कालीन सेवाले जनाएको छ ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बन्दुकधारी कोस्टा डेल सोल अस्पतालमा प्रहरी हिरासतमा छन् । उनलाई धेरै चोट लागेको छ । 

गोली लागेर अस्पताल लगिएका अन्य चारमध्ये दुई जनाको सघन उपचार भइरहेको छ । प्रहरीले गोली प्रहार गर्नेलाई साथ दिएका २६ वर्षीय एकजना संदिग्धलाई पनि पक्राउ गरेको छ । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ९:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया