जिजस बाजुराको निर्वाचन ८ साउनमा

बाजुरा जिल्ला समन्वय समिति (जिजस) को निर्वाचन तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार जिसस बाजुराको निर्वाचन ८ साउनमा हुन लागेको हो ।  

निर्वाचन तालिका अनुसार ३ साउनमा मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन, छुट नामावली समावेशको लागि दरखास्त दिन र संसोधित मतदाता नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, ४ साउनमा  उजुरवाजुर, उजुरीको जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । त्यस्तै, ५ र ६ गते मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

यस्तै, ७ गते उम्मेदवारी फिर्ताको कार्यतालिका रहेका छ भने साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेर चुनाव गरिने छ ।
 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १०:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया