घट्यो सुनचाँदीको मूल्य

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । 

चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १२:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया