सिंहदरबारमा छलफलमा जुटे प्रचण्ड-माधव-वामदेव

तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

उनीहरूबीचको छलफल नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् ।

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल पनि छलफलमा उपस्थित छन् । यसै गरी छलफलमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमपनि रहेको बताइएको छ । 

उनीहरूबीच समाजवादी केन्द्र निर्माणबारे छलफल चलिरहेको बताइएको छ । यसअघि माओवादी केन्द्र अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सिंहदरबारमा नै छलफल भएको थियो ।





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १७:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया